नतिजा नआए पनि निरन्तर परामर्शमा छुः सभामुख

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभाकारी बनाउन लागिपरेको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै संसदलाई प्रभावकारी बनाउन आफू लागि परेको बताउनुभएको हो । उहाले संसदलाई जवाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । संसदका राम्रा नराम्रा कामको तुलना गर्न सभामुख सापकोटाले समाजलाई आग्रह गर्नुभयो ।

आफ्नो हातमा नतिजा नआए पनि आफूले निरन्तर परामर्श गरिरहेको जानकारी दिदै सभामुख सापकोटाले संदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको तर्क गर्नुभयो । विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल पनि सफल हुने उहाँले आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.