जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

जुम्ला- जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । हिजो राती करिब ९.४५ बजे आगलागी भएको हो ।

जिल्लाको दुर्गम भेगमा पर्ने सो गाउपालिकामा के कति कारणले आगलागी भएको भन्ने खुलेको छैन । आगो अन्य स्थानमा फैलने स्थिति नभएपनि घरमा लागेको आगो भने अझै नियन्त्रणमा आउन नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । हाल सम्म कुनै मानवीय क्षतिको घटना भने आएको छैन ।

प्रमुख जिल्ला अधिकारी थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताउनुभयो ।

पचहत्तर घर भएको मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको ३५ घरभित्रको अन्नबाली पनि सखाप भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका हाम्रा समाचारदाताले जनाएका छन् । तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.