कर्णालीमा एमालेका तीनै जना मन्त्री राजीनामा दिन सहमत

काठमाडौं– कर्णाली प्रदेश सरकारका सहभागी तीनै जना मन्त्री राजीनामा दिन सहमत हुनुभएको छ ।

एमाले संसदीय दल कर्णाली प्रदेशको आइतबार बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको थियो । बैठकमा माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी हुनुहुन्थ्यो ।

संसदीय दलका नेता यामलाल कँडेलका अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाउनु भएको छ ।

सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी हुनुहुन्छ ।

मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.