हवाई अवतरण समस्या समाधान गर्न पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्धारित समयमा विमानस्थलमा हवाईजहाज अवतरण गर्न नमिल्ने समस्यालाई समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री ढकालले जहाज अवतरण गर्न नपाई सास्ती खेप्नुपर्ने बाध्यतालाई समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको हो । आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको बताउँदै उहाँले यस्तो समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन आग्रह गर्नुभयो ।
मन्त्री ढकालले त्रिभुवन विमानस्थलको व्यवस्थापन राम्रो भएमा देशका सबै विमानस्थल आफैं व्यवस्थित हुने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्