पूर्वप्रधानसेनापति राणाको निधन

काठमाडौं- पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उहाँको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँका चार छोरी हुनुहुन्छ ।

उहाँको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.