काठमाडौँ प्रवेश गर्ने नाकामा शङ्कास्पद लक्षण देखिएकाहरुको एन्टीजेन परीक्षण गरिने

काठमाडौं– काठमाडौं जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा शङ्कास्पद लक्षण देखिएकाहरुको एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज काठमा8f}+का नगरपालिकाहरुसहितको बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने र यसको व्यवस्थापन सम्बन्धी नगरपालिकाहरुले मिलाउने निर्णय गरेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले हेल्थ डेस्कको स्थापनासFगै सम्पर्क व्यक्ति तोक्ने निर्णय पनि गरेको छ ।

बैठकले नाकाहरुमा कोरोनाको लक्षण देखिएकाहरुलाई एन्टिजेन परीक्षण गर्ने र परीक्षणबाट थप शंकास्पद देखिएमा पीसीआर परिक्षण गर्न स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै कोरोनाको सङ्क्रमण फैलना नदिन स्वास्थ्य सावधानीमा कडाइ गरिने कुनैपनि सार्वजनिक कार्यक्रमहरु सम्न्धित निकायको विना गर्न नपाइने निर्णय पनि आजको बैठकले समितिले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.