मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

विराटनगर– प्रदेश न १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव आज फिर्ता लिइएको छ ।

गत पौष १२ गते दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित हुने अवस्था नभएको र दर्ताका लागि पर्याप्त संख्या समेत नभएक भन्दै प्रस्ताव आज फिर्ता लिइएको हो । तत्कालिन नेकपाका सांसद तथा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्र आङ्बोले सोमवार विराटनगरस्थित प्रदेश सभा बैठकमा प्रस्ताव औपचारिक रुपमा फिर्ता लिनु भएको हो ।

सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा पुनर्स्थापित गरेपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना सांसदहरु मध्ये नेकपा माओवादी केन्द्रका सांसदहरु मात्र अविश्वासको प्रस्तावको पक्षमा रहेका थिए । ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ५१ जना सांसदहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.