तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ

काठमाडौं– तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाइ गरेको छ ।

खुलमखुला बिक्री वितरण हुँदै आएको यस्ता पदार्थहरुको नियमन गर्न कडा कानूनी व्यवस्था सहित अनुगमन थालिएको गृह मन्त्रालयले जनाएको छ ।

औद्योगिक प्रयोजनका लागि यस्ता पदार्थ आयात गर्दा आफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के, कति परिमाणमा, यस्ता पदार्थहरु आवश्यक पर्दछ सोको विवरण सात दिनभित्र पेश गर्न पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.