बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा- पाल्पामा गएराति बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका-७ काजिपौवा नजिकै लु २ च ६३२ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बगनासकाली ४ का २० बर्षीय बिजय खाम्चा र रिब्दीकोट ४ का २७ बर्षीय राज थापाको तानसेनको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाईते भएका दुवैको उपाचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुखुरा बोक्ने जीप दुर्घटना भएको हो ।

घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना रातिको १२ बजेको समयमा भएको थियो। जीप सडकदेखी करिब २० मिटर तल खसेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.