अफगानिस्तानमा भएका आक्रमणमा १७ सैनिकको मृत्यु

अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते भएका छन् ।

अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले जानकारी गराएको छ ।

मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.