चितवनमा बन्दै गरेको पुल भत्कियो

चितवन- चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ ।

भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २०० मिटर लामो पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो ।

करिब २० करोडको लागतमा निर्माण भइरहेको उक्त पुलको यही असार मसान्तमा काम सकिने गरेर काम भइरहेको डिभिजन सडक कार्यालय चितवनका ईन्जिनियर शिव खनालले बताउनु भयो ।

२०७४ सालमा सपन्न गरिसक्नु यो पुल निर्माण कम्पनीले काम ढिलो गरेकाले अहिलेसम्म बन्न नसकेको ठिमुरा घिनाटार पक्की पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताउनुभयो ।

निर्माणाधिन पुल भत्केको अबस्थामा

अहिले भने यो पुलको भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान पुल भत्किएको उहाँले जानकारी दिनुभयो ।
के कारणले पुल भत्कियो भन्ने प्राबिधिकहरुको अध्ययनपछि पत्ता लाग्ने इन्जिनियर खनालले बताउनु भयो ।

पुलमा ४ वटा स्पान राखिँदै छन । तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिने काम भइरहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.