कर्णाली सरकारमा सहभागी ३ जना मन्त्रीले दिए सामुहिक राजिनामा

सुर्खेत-कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनुभएको छ ।

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिनु भएको हाे ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाउनु भएको हो ।

राजिनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेकाे थियाे ।

तीन जना मन्त्रीले राजिनामा दिएर नेकपा एमाले संसदीय दलकाे बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियोे ।

कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेकाे पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् ।

यी मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.