त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक आईसीयू सेवा शुरु
काठमाडौं- कोरोना संक्रमण तथा अन्य संक्रामक रोगहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक सेवासहितको सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु भएको छ ।
मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले आईसीयू भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति बास्कोटाले आइसीयू भवनलाई पूर्ण रुपमा संचालनमा ल्याउन अवश्यक पर्ने श्रोत साधनको छिटै व्यवस्थापन गरिने बताउनु भयो ।
करिब पौने ६ करोडको लागतमा बनेको आईसीयू भवनमा १२ शैय्या रहेका छन् । शैय्यालाई छुट्टै क्याबिन बनाइएको छ । जसमा आधुनिक मोनिटर तथा उपकरणहरु जडान गरिएका छन् । क्याबिनभित्र रहेका बिरामीमा भएको संक्रमण स्वास्थ्यकर्मीहरुमा नसरोस् भनेर नेगेटिभ प्रेसर र छुट्टै क्युबिकल्सहरु जडान गरिएका छन ।
यस्तो आधुनिक आइसीयू नेपालमा पहिलोपटक संचालनमा अएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्माण गरिएको आइसीयूमा रहेका शैय्या विद्युतद्वारा संचालित छन् । बिरामीले पन्ध्र सयमा आईसीयू सेवा लिन सक्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।।
Inauguration of 12 Bed Modern ICU-B (Cubicles) at TU Teaching Hospital. Congratulations to all of us. Thanks to all team. #TUTH @hempaneru @PrameshShrestha @GentleShrestha Many Thanks to @mohpnep This will be operational as #COVIDICU for now. @NSCCMOfficial @CCNANOfficial pic.twitter.com/qFlEZLyP66
— Subhash P. Acharya (@drsuvash) April 6, 2021
प्रतिक्रिया राख्नुहोस्