बेलायतस्थित म्यान्मारको दुतावासमा राजदूतलाई प्रवेश निषेध

बेलायतका लागि म्यान्मारका राजदूतलाई लण्डनस्थित दुतावास प्रवेशमा निषेध गरिएको छ । राजदूत क्वा ज्वार मिनलाई म्यान्मारमा सैनिक कु भएपछि देशको प्रतिनिधि नभएको भन्दै कार्यालय छोड्न भनिएको बताइएको छ ।

राजदूत मिनले रोयटर्स समाचार एजेन्सीसँग कुराकानी गर्दै आफूलाई कार्यालय प्रवेश गर्न नदिइएको बताउनु भयो ।

म्यान्मारमा गत फेब्रुअरी १ मा सैनिक कु भएयता त्यसको विरोधमा व्यापक रुपमा जनप्रदर्शन भइरहेको छ । सैनिक नियन्त्रणमा रहनु भएकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहा गर्नुपर्ने माग राखिएको छ ।

म्यान्मारमा भएको प्रदर्शनका क्रममा सैनिक दमनमा परी कयौं बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.