कांग्रेसले आज प्रमुख तीन दलसँग छलफल गर्दै

काठमाडौं- नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.