पुनर्नियुक्त चार मन्त्रीको शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त ४ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपतिभवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिले उहाँहरुलाई शपथ गराउनुभएको हो । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा पुनर्नियुक्त गरी शपथ गराउनुभएको हो ।

उहाँहरुलाई साविककै मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.