बिस्केट जात्रा आजबाट सुरु हुँदै

काठमाडौं– सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्राको रौनक सुरु हुन्छ ।

जात्रा आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइन्छ । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.