चीनमा १० करोडभन्दा बढीले लगाए कोरोना खोप

बेइजिङ– चीनमा १० करोडभन्दा बढी मानिसले चीनमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन्।
चिनियाँ सरकारले आफ्ना खोपहरू प्रभावकारी भएको र चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै चीन प्रवेशाज्ञा दिने बताउँदै आएको छ। चिनियाँ खोपको प्रभावकारिताको विषय भने लामो समयदेखि अस्पष्ट छ।ब्रजिलमा गरिएको परीक्षणमा चीनको सिनोभ्याकको प्रभावकारिता ५०.४ प्रतिशत देखिएको थियो।
त्यो विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति प्रदान गर्न आवश्यक ५० प्रतिशतभन्दा अलिकतिले मात्र बढी हो। तर टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएको वि वि सि ले उल्लेख गरेको छ।






प्रतिक्रिया राख्नुहोस्