सुकुटेमा भएको दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– अरनिको राजमार्गको सुकुटेमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन ।

रोल्वालिङयातायातको ९६५८ नम्बरको यात्रु बस र ६९८६ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । दुर्घटनामा सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिकाको गैरी गाउँ घर भएका नारायण श्रेष्ठको सदाबहार अस्पताल खाडिचौर लैजाने क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार सोमबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं स्थित ह्याम्स अस्पताल लगीएको र ७ वर्षीय बालक अनिश श्रेष्ठको अवस्था सामान्य रहेको बताइएको छ ।

बस तिव्र गतिमा अनियन्त्रित रुपमा चलाएको कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन। दोषिलाइ कारबाहिको मागगर्दै मृतककाआफन्तहरुले अरनिको राजमार्ग स्थित अमलटार बजारमा सवारी आवागमनबन्द गराएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.