जीप दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते

दोलखा- दोलखाको विगु गाउँपालिका वडा नं-४ लादुकको चार गोलाई भन्ने स्थानमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको गाडी गएराति करिब साढे १० बजे सडकबाट झण्डै २ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये ३ जनाको घटनास्थलमै मृत्यु र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताउनुभयो । मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा विगु गाउपालिका वडा नम्बर ३ का ३५ वर्षिया विनोद केसी, ४५ वर्षिया अजिता खत्री, ५२ वर्षियका राधा खडका र २४ वर्षिया चण्डिका थापा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

गाडीमा सवार अन्य १८ जना घाईते भएका छन् । घाइते मध्ये ८ जनाको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ भने १० जनालई थप उपचारको लागी काठमाडौ पठाइएको प्रहरी उपरिक्षक रिजाालले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.