५१७ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर र एन्टिजेन परीक्षणमा समेत गरी थप ५१७ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यस्तै थप ५ जनाको मृत्यु भएको ५ ।

२४ घण्टामा ४३ सय ८६ वटापीसीआर र ८१७ जनाको एन्टिजेन परीक्षण गरिदा ५१७ जना सङ्क्रमित भएका हुन । यो सँगै सक्रिय संक्रमितको संख्या ३६ सय ८ पुगेको छ । आज काठमाडौ उपत्यकामा मात्र सबभन्दा धेरै २१९ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौमा १६१ भक्तपुर २८ र ललितपुरमा ३० जना रहेका छन् ।

२४ घण्टामा १५३ जना डिस्चार्झ भएका छन् भने ९७ जना आईसीयुमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.