तीन जनाको कोरोनाबाट मृत्यु
काठमाडौं– एकै दिन ३ जना कोरोना संक्रमितको उपचारको क्रम्मा मृत्यु भएको छ ।
वीरगन्जको नारयणी अस्पतालमा भर्ना रहेका दुई जना पुरुषको उपचारको क्रम्मा मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं। ९ छातापिपराका एक पूरुष र वीरगन्ज महानगरपालिका ३ का अर्का एक पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा। सरोज रोशन दासले जानकारी दिनुभयो। उहाँले उच्च ज्वरो, स्वास प्रस्वासमा समस्या र कडा निमुनिया जस्ता रोगको लक्ष्य दुवै मृतकमा देखिएको बताउनुभयो ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।
निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । नेपालमा केही दिनयता कोरोना संक्रमण बढिरहदा हिजो मृतक संख्या बढ्दै गएको छ ।
पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसका कारण बिरामीको संख्या पनि ह्वात्तै बढेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा सर्वसाधारणले लापरवाही गरेकै कारण संक्रमण फैलिएको हुँदा सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्