नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.२३ विन्दुले उकालो लागेर २७१४.७९ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ५.९९ विन्दुले उकालो लागेर ४८६.२८ मा पुगेको छ ।

आज कूल २ सय ९ कम्पनीको एक करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा कारोवार भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.