प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्यूठान– प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट नयाँ वर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिकाको रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवार सहित १५ जना थिए ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको मृत्यु भएको छ । यस्तै जिप चालक केशव कार्कीको पनि मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । घुम्तिमा बसलाई उछिने क्रममा जीप भीरबाट १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.