मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बारा- राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो ।

पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ । सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.