हिमालय माविका सयभन्दा बढी बालबालिका ज्वरो र रुघाखोकीका कारण बिरामी

दोलखा- दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ स्थित हिमालय माविका १ सय भन्दा बढी बालबालिका ज्वरो र रुघाखोकीका कारण बिरामी परेका छन् ।

विगु गाउँपालिकाको खोपाचागुस्थित हिमालय माध्यमिक विद्यालयका १ सय ३ जना बालबालिका र ६ जना शिक्षक रुघाखोकीको लक्षणसहित बिरामी परेको विद्यालयका प्रधानाध्यापक कालु जिरेलले बताउनुभयो ।

ठुलो सङ्ख्यामा विरामी परेपछि विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराएको प्रधानाध्यापक जिरेलले बताउनुभयो ।

चार दिनदेखी केही बालबालिकामा ज्वरोको लक्षण देखिएको र विरामी बालबालिका बाहेक अन्य बालबालिकालाई निरन्तर रुपमा पठाउँदै आइरहेको भएपनि पछिल्लो समयमा बिरामी बालबालिकाको सङख्या बढेको विद्यालयले जनाएको छ ।

३ सय ९२ विद्यार्थी अध्ययनरत विद्यालयमा १ सय ३ जना विद्यार्थी र ६ जना शिक्षकमा रुघाखोकीसहित ज्वरो देखिएको छ ।
यता जिल्ला स्वास्थ्य कार्यलय दोलखाले भने आधिकारिक जानकारी नआएकाले बुझ्ने काम भइरहेको र अहिले मौसमी फ्लुको सिजनमा पनि भएकाले आइतबारसम्म बिरामी सङ्ख्या बढेमा कोभिड टेष्ट गर्ने योजना रहेको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.