नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको पद हस्तान्तरण

काठमाडौं– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको पदाधिकारी तथा कार्यसमिति सदस्यको पद हस्तान्तरण कार्यक्रम भएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले नवनिर्वाचित कार्यसमितिले पत्रकारको हक हित र पेसागत सुरक्षामा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, निवर्तमान सचिव रामप्रसाद दाहाल, निर्वाचन समितिका संयोजक राजन कुइँकेल, प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखर अधिकारी, निवर्तमान केन्द्रीय सदस्य यम विरहीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभयो ।

पदस्थापन तथा शपथ ग्रहण
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण भएको छ ।

महासङ्घ गण्डकी प्रदेश निर्वाचन समितिद्वारा आज पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश समितिका नव निर्वाचित अध्यक्ष नारायण शर्मासहित पदाधिकारी एवं सदस्यको निर्वाचित समितिका संयोजक कोमलनाथ बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिसकेका अवस्थामा यसको कार्यान्वयनका लागि सबै सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संविधानसँग बाझिने कानून आउन नदिन आफू प्रतिबद्ध भएको बताउँदै उहाँले जनतालाई दिइने सूचना सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका नवनिर्वाचित केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासङ्घका प्रति समाज अपेक्षित भूमिकाका लागि आफूहरू प्रतिबद्ध भएको बताउनुभयो । श्रमजीवी पत्रकारको हकहितका लागि वर्तमान नेतृत्व प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नेतर्फ आफूहरू क्रियाशीलताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष नारायण शर्माले श्रमजीवी पत्रकारका हकहितका मुद्दामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक बराल, महासङ्घका केन्द्रीय महासचिव रोशन पुरी, सचिव दीपेन्द्र चौहान, प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्षका प्रत्यासी दीपेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकानम व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.