प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आयोजना, तीन विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा शनिबार सर्वदलीय बैठक भएको छ ।

बैठकमा मुख्य तीनवटा एजेण्डामा छलफल भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा कोरोना महामारी नियन्त्रण तथा रोकथाम, संघीय तथा प्रदेशमा रिक्त स्थानमा उपनिर्वाचन गराउने तथा संसदमा रोकिएको एमसीसीबारे छलफल भएको छ ।

दलहरुले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न, कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचनको मिति तय गर्न सुझाव दिएका छन् ।

दलहरु एमसीसी संसदमा पेस गर्नुपर्नेमा एकमत रहेको ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.