दाउन्ने दुर्घटनाका घाइतेमध्ये ३ जनाको मृत्यु

नवलपुर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वि नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

हिजो साँझ भएको दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मकवानपुरको बकाया गाउँपालिका–५ घर भई हाल पूर्वि नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो, इलामकी २५ वर्षीया धनु दर्लामी र चितवन भरतपुर महानगरपालिका बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन्।

दुर्घटनामा परी ३१ जना घाइते भएका थिए । ती मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको थियो ।

अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

हिजो साँझ बुटवलबाट नारायणगढतर्फ जादै गरेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट खसेको थियो । दाउन्ने सडक खण्डमा सडक जिर्ण हुँदा सवारी साधन संञ्चालनमा कठिनाइ हुँदै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.