धादिङमा बन्दै गरेको पक्की पुल हुरीले भत्कायो

धादिङ- हिजो साँझ आएको हुरी वतासले धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गलाई केउरेनीटारसँग जोड्ने त्रिशुली नदी माथिको निर्माणाधिन अबस्थामा रहेको मोटरएवल पुल नै उडाइ दिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको उक्त पुलको ८० मिटर लम्वाईको ट्रस डिजाइन जति सबै हावा हुरीका कारण भत्केको हो । जसका कारण पुलको आधा भाग नै त्रिशुली नदीमा खसेको छ ।

ठेकेदारले पुल निर्माणमा गरेको ढिला सुस्तिका कारण बल्ल तल्ल पुल बन्ने आशामा बसेका गल्छीस्थित केउरेनी टारका स्थानीयहरु पुन हुरी वतासका कारण पुल भत्किएपछि अब पुल कहिले बन्ला भन्ने चिन्तामा छन ।

पुल निर्माण जस्तो संवेदनशील बिषयमा पनि ठेकेदार कम्पनीले लापरवाही गरेको स्थानीयको आरोप छ ।

कमसल सामग्रीको प्रयोग र पुल निर्माणका क्रममा ट्रस राख्दा निकै कम्जोर टेका लगाएका कारण यस्तो अवस्था आएको स्थानीयको भनाइ छ ।

२०७४ सालमा पुल निर्माणका लागि सडक विभागसँग सपना निर्माण सेवा प्रालिले  १६ करोडको लागतमा पुलको ठेक्का सम्झौता गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तमा नै पुल निर्माण सम्पन्न गर्नुपर्नेमा केही ढिलाइ भएको हो । १ सय ४० मिटर लम्वाइको सो पुलको ८० मिटर भागमा स्टील ट्रस रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.