नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।

बैठकमा पार्टी कृयाशील सदस्यता वितरण तथा त्यसमा उत्पन्न विवाद समाधान लगायत वर्तमान राजनीतिक घटनाका विविध पक्षमा छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।

पार्टीको आगामी महाधिवेशनलाई प्रभावित नपारी उपनिर्वाचनहरु गराउने विषयमा प्रधानमन्त्रीसँग पार्टी सभापति शेरवहादुर देउवाले प्रस्ताव गर्नुभएको विषयले पनि आजको बैठकमा प्रवेश पाउने छ ।

यसबीचमा नेकपा माओवादी केन्द्र र जसपाका नेताहरुसँग भएका छलफल र भावी योजनाका बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हिजो बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै अन्तिममा आएर स्थगित भएको थियो  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.