सामूहिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं– सरकारले संक्रामण रोग ऐन २०२० अनुसार केही प्रतिबन्धात्मक आदेश जारी गरेको छ ।

कोभिडको उच्च जोखिम रहेका सहरी क्षेत्रका विद्यालयहरु भौतिक कक्षा सञ्चालन वैशाख मसान्तसम्म बन्द गर्ने सामूहिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाउने लगायतका विषयहरु आदेशमा समेटिएको छ ।

पछिल्ला दिनमा काठमाडौं, ललितपुर, विराटनगर लगायतका घना बस्ती भएका सहरहरुमा कोभिडको दोस्रो लहर देखिएपछि सरकारले संक्रामण रोग ऐन अनुसार प्रतिवन्धात्मक आदेशहरु जारी गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले कोभिड संक्रमण उच्च देखिएका १४ जिल्लामा र केही आदेशहरु नेपालभर लागू हुने राजपत्रमा प्रकाशित गरी जारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.