यस्तो बन्दैछ एमालेको नयाँ भवन

बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास

काठमाडौं– २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गर्नुभएको छ । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गर्नुभएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमालेको नाममा रहेको ८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा नयाँ आधुनिक भवन निर्माण गर्न लागिएको हो ।

नयाँ भवनको लागत र फाइनल डिजाइन तय भएको छैन । अझै पनि परम्परागत वा नयाँ शैली कुन प्रयोग गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.