अध्यक्ष ओली र नेता नेपालबीचको दोस्रो दिनको वार्ता पनि सकियो

घाउ पुरानो छ, एक दुई वटा वार्तामा टुंगिदैन । हिजोभन्दा आज वार्ता सकारात्मक छ : प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोती दुगड

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको वार्ता पनि सकिएको छ ।

होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच दिउँसो २ बजेदेखि अढाई घण्टा वार्ता भएको हो । वार्तापछि अध्यक्ष ओली र नेता नेपालले संवाददाताहरुसित कुनै प्रतिक्रिया दिनुभएन । नेता नेपालले भने संक्षिप्तरुपमा भन्नुभयो, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

‘उहाँहरु खारिएका नेताहरु हुनुहुन्छ । बडिल्यांग्वेजबाट देख्न सकिन्छ कि उहाँहरु पार्टी टुटाउने पक्षमा छैन,’ दुगडको भनाइ छ ।

वार्ताको संयोजन गरिरहनुभएका प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार मोती दुगडले दुवै देताबीच सौहार्दपूर्णरुपमा वार्ता भएको जानकारी दिनुभयो । ‘घाउ पुरानो छ, एक दुई वटा वार्तामा टुंगिदैन । हिजोभन्दा आज वार्ता सकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले सौहादपूर्णरुपमा हाँस्दै कुरा गर्नुभएको थियो । आवेशमा आउनुभएन यो सकारात्मक संकेत हो ।’

दुगडले दुवै जना नेताको भावना पार्टी टुट्नु हुँदैन भन्नेमा एकमत रहेको बताउनुभयो । ‘उहाँहरु खारिएका नेताहरु हुनुहुन्छ । बडिल्यांग्वेजबाट देख्न सकिन्छ कि उहाँहरु पार्टी टुटाउने पक्षमा छैन,’ दुगडको भनाइ छ । वार्तालाई निरन्तरता दिने उहाँको भनाइ छ ।

वार्तामा बस्नुअघि दुवै नेताले मेरियटबाटै नवनिर्मित धरहरा नियाल्नुभएको थियो ।

बुधबार भएको वार्तामा विगतमा एक अर्काबाट भएका कमीकमजोरीबारे छलफल भएको थियो ।

नेपाल समूहले एमाले २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्कनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.