कोरोना त्रासः पशुपतिसहित शक्तिपीठमा पूजाआजा बन्द

काठमाडौं– विश्वभर फैलिदै गइरहेको कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्यानमा राख्दै आज देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले सूचना जारी गर्दै आजदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको हो । कोभिड १९को संक्रमण नेपालमा समेत बढ्दै गएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश बमोजिम २०७८ साल आजबाट अर्को व्यवस्था नभएको सम्मको लागि भगवान् मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउनेगरी व्यवस्था मिलाइएको छ ।
यसैगरी गोरखाको मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनासम्मका लागि बन्द गरिएको छ । यस्तै दोलखाको भिमेश्वर मन्दिरमा पनि नित्य पुजा वाहेकका अन्य काम वन्द गरीएको छ ।






प्रतिक्रिया राख्नुहोस्