एमाले बैठकः ‘फ्लोर क्रस’बारे अध्ययन
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा कोभिडविरुद्धको लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं– सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिकरुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाहीबारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र कर्णालीमा जस्तै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जानकारी दिनुभएको थियो । प्रधानमन्त्रीले पार्टीले कारबाहीबारे उपयुक्त समयमा निर्णय गर्ने उल्लेख गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी दिनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्