अविश्वास प्रस्तावतिर अघि बढेन कांग्रेस

निधि भन्नुहुन्छ– ‘संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउँदा आफैं खाडलमा फस्ने डर’

काठमाडौं– नेपाली कांग्रेसले संख्या नपुगेसम्म प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता नगर्ने स्पष्ट पारेको छ ।

सभापति निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी बैठकले तत्काल अघि नबढ्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस उपसभापति विमलेन्द्र निधिले पहल गरे पनि आफूहरुसँग प्रयाप्त संख्या नपुगेको बताउनुभयो ।

संख्या नपुग्दा र त्यसको ग्यारेन्टी नहुँदासम्म अविश्वास प्रस्ताव नराख्ने निधिको भनाइ छ । ‘प्रस्ताव फेल भयो भने त एक वर्षसम्म राख्न पाइँदैन । आफैं खाडलमा फसिन्छ,’ उहाँले भन्नुभयो, ‘हामी पूर्ण तयारी नगरी अविश्वास प्रस्ताव ल्याउँदैनौं ।’

निधिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय कार्यान्वयनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.