उपत्यकाका तीन जिल्लामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं– उपत्यकाका तीन जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यकबाहेकका सेवा भोलि सोमबारदेखि एक साता बन्द गर्ने निर्णय गरेको छ ।

शान्ति(सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिस मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचय पत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संघ(संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्तालगायतका काम बन्द हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.