कोरोना महामारीः ठाउँठाउँमा निषेधाज्ञा

काठमाडौं– नयाँ भेरियन्टसहितको कोभिड– १९ संक्रमण बढेसँगै जिल्लामा जिल्लामा निषेधाज्ञा लगाउन सुरु गरिएको छ ।
उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाएसँगै थप जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । उपत्यका अघि नै बाँकेमा लकडाउन गरिएको थियो ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले पर्सामा वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
यसैगरी कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको जनाएको छ ।
यसैगरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गते बिहान १ बजेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्