तनहूँमा जिप दुर्घटना, १ जनाको मृत्यु

तनहूँ- तनहूँको ऋषिङ्ग गाउँपालिका वडा नंं १ घारामा जिप दुुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन ।

घाइतेहरुको दमौलीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र गम्भीर घाईतेहरुलाई पोखरा लाने तयारी भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेनाले बताउनुभएको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुने अन्दाजी ३५/ ३६ बर्षिया महिलाको सनाखत हुन बाँकी रहेको र थप विवरण आउन बाँकि रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.