नाकाहरुबाट उपत्यका छाड्नेको चाप आज पनि उत्तिकै

भोलिदेखि दुई हप्ता निषेधाज्ञा

काठमाडौं –काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको छ ।

भोलिदेखि निषेधाज्ञा जारी हुने भएकोले आज अन्तिम दिन बिहानैदेखि गोँगवुस्थित नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा बाहिर जाने यात्रुहरुको घुइँचो लागेको हो ।

केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् । निषेधाज्ञा जारी गरेसँगै सोमवारदेखि नै बाहिरिने यात्रुहरुको संख्या बढेको हो ।

काठमाडौँबाट बाहिर जाने नाकाहरुमा यात्रुहरुको भिडभाड देखिन्छ ।

संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी भएसँगै घर जानेहरुको भीडले स्वास्थ्य जोखिम भने बढाएको छ । यात्रु तथा चालकले स्वास्थ्य मापदन्ड पालना गरेको देखिदैन ।

बसमा खचाखच यात्रुका कारण कोही एक जनामा संक्रमण भएमा अरुमा पनि संक्रमण सर्ने र गाउ गाउ सम्म संक्रमण पुग्ने जोखिम बढाएको छ ।बाहिरिनेहरुमा अधिकांश विद्यार्थी तथा दैनिक कामकाज गरी जिविकोपार्जन गर्ने सर्वसाधारण नागरिकहरु देखिएका छन् ।

अघिल्लो वर्षको लकडाउनमा धेरै मानिसकहरुको विचल्ली भएकोले आफूहरु बेलैमा घर फर्किएको भनाई उनिहरुको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकामा दैनिक कोरोना संक्रमण बढेको भन्दै त्यसको नियन्त्रण र रोकथामका लागि भोलिदेखि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.