केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं- आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन भएको छ ।

बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको पौडेलले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.