उपत्यका प्रवेश गर्ने साँगा नाकाबाट सवारी साधन प्रवेशमा कडाइ

काभ्रे- कोरोना भाइरस(कोभिड–१९) तिब्र गतिमा फैलिरहेको अवस्थामा भाइरसको संक्रमण रोकथाम र न्युनिकरणका लागि आजदेखि काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी साधनमा कडाइ गरिएको छ ।

आजदेखि १५ दिनको लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा जारी गरेपछि प्रहरी प्रशासनले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गरेपछि उपत्यका छिर्ने पूर्वी साँगा नाका सुनसान भएको छ ।

अरनिको राजमाग हुँदै काठमाडौं प्रवेश गर्ने नाका काभ्रे र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी सधानहरु विहानैदेखि प्रहरीले जाँच गर्दै फकाइरहेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख तथा प्रहरी निरिक्षक राजन कोइरालाले जिल्लाभित्र सबै प्रकारका सवारी सधानहरु चलेको भएपनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी सधानमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो ।

अहिले साँगा भएर हिजो यात्रु लिएर गाउँ गएका सवारी साधनबाहेक अन्य सवारी साधनहरु उपत्यका प्रवेश गर्न जानेहरुलाई साँगाबाट नै प्रहरीले फर्काइरहेको छ ।

काभ्रे जिल्ला प्रवेश गर्ने सिमानाहरु दोलालघाट र मंगलटामा त्यसरी उपत्यका प्रवेशमा रोक लगाएपछि काभ्रे जिल्लामा पनि आंशिक प्रभाव परेको छ । उपत्यका प्रवेश गर्न नदिएपछि जिल्लामा चल्ने सार्वजनिक सवारी साधन चलेका छैनन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.