दिल्ली क्यापिटलद्वारा पञ्जाव किङ्स ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आइपीएलमा देल्ली क्यापिटल्सले पञ्जाव किङ्सलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिलो ब्याटिङ थालेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६६ रनको योगफल बनाएको थियो ।

पञ्जावका कप्तान मयंक अग्रवालले ९९ रनको अविजित पारी सम्हाल्दै आफ्नो टिमलाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७ दशमलव ४ ओभरमा केवल तीन विकेटको क्षतिमा लक्ष्य भेट्याएपछि यो जीत दिल्ली हातमा गएको हो ।

ओपनर ब्याट्सम्यान शिखर धमनले ६९ रनको अविजित पारी खेल्दै दिल्लीलाई राम्रो सुरुवात दिलाएका थिए । दिल्ली ८ खेलमा ६ मा जीत निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

हिजै सम्पन्न अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गरेको थियो ।

आज साँझ भने कोलकाता नाइटराइडर्स र रोयल्स च्यालेन्जर्स बेंगलोर नरेन्द्र मोदी स्टेडियममा आमनेसामने गर्दैछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.