नेपाल सुपर लिगको प्ले अफ चरणको खेल आजबाट

काठमाडौं– नेपाल सुपर लिग एनएसलको प्ले अफ चरणको खेल आजबाट सुरु हुँदैछ ।

लिग चरणको समाप्तीसँगै शीर्ष चार टोलीले प्लेअफमा आफ्नो स्थान बनाएका हुन् । आजको पहिलो खेल शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्स र धनगढी एफसीबीच खेलिनेछ । आज परजित हुने टोलीले भोलि हुने एलिमिनेटरको विजेतासँग खेल्दै फाइनलमा प्रवेश गर्ने अर्को मौका पाउनेछ ।

भोलि हुने एलिमिनेटर खेल भने ललितपुर सिटी र बुटवल लुम्बिनीबीच हुनेछ । आउँदो बिहिबार नै दोस्रो क्वालिफायर खेल खेलिनेछ भने फाइनल खेल भने जेठ एक गते दशरथ रंगशालामा खेलिंदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.