म्यानचेष्टर सिटीले न्युक्यासललाई हरायो

इङलिस प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा म्यानचेष्टर सिटीले न्युक्यासललाई पराजित गरेको छ । यसै साता प्रिमियर लिग विजेता घोषित भएको सिटिले न्युक्यासललाई उसैका् घरेलु मैदान सेन्ट जेम्स पार्कमा ४(३ गोलको अन्तरले पछाडि पारेको हो ।

पहिलो हाफ २(२ गोलको बराबरीमा खेलेको न्यूक्यासलले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्न नसकेपनि सोही बललाइ जोसेफले पुनः प्रहार गर्दै गोलमा परिणत गरि अग्रता दिलाएका थिए । अग्रता लिएको केही मिनेटमा सिटिले २ गोल थप्दै ४(३को जीत निकालेको हो ।

आज साँझ भने प्रिमियर लिगमा २ खेलहरु खेलिदैछन् । पहिलो खेल वर्नली र लिड्सबीच हुँदैछ भने दोस्रो साउथ ह्याम्टन र फुलह्यामबीच खेलिदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.