नेपाल सुपर लिगको उपाधि भिडन्त आज

काठमाडौं– देशकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको उपाधि भिडन्त आज हुँदैछ ।

पहिलो संस्करणको उपाधि जित्ने होडमा रहेका काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच आज दशरथ रंगशालामा फाइनल प्रतिस्पर्धा हुनेछ । यो खेल अपरान्ह ५:३० बजे शुरु हुनेछ ।

फाइनल अघि भएको प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि आफ्नो पक्षमा आउने दावी गरेका छन् । बाल गोपाल महर्जनको प्रशिक्षणमा काठमाडौं मैदानमा उत्रदै छ भने धनगढी नाइजेरियन प्रशिक्षक तोपे फुजाको प्रशिक्षणमा छ ।

जारी प्रतियोगितामा यी दुई टोलीबीच लिग र प्लेअफमा गरी यसअघि दुई पटक भेट भइसकेको छ जसमा दुवै पटक धनगढी विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.