नेपालमा वैशाखमा मात्रै डेढ लाखभन्दा बढी सङ्क्रमित

वैशाख महिना कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ

 

काठमाडौं– वैशाख महिनामा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर अहिले चार लाख ३९ हजार ६५८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल सो सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ ।

यसैबीच यो महिना कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.