गल्छी–त्रिशूली सडकखण्ड अन्तर्गत महादेवफाँटमा नयाँ ट्र्याक संचालनको तयारीमा

धादिङ- धादिङको गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत महादेवफाँट र छविसे क्षेत्रमा भोटेकोशी बाढीले भत्काएको सडकको विकल्पमा नयाँ ट्र्याक खोलिएको छ। नयाँ ट्र्याक आजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

ट्र्याक सञ्चालनमा आएपछि गल्छीदेखि त्रिशूलीसम्मको यातायात सहज हुने तथा बाढी प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रमा राहत र अत्यावश्यक सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।

बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेपछि नयाँ ट्र्याक निर्माण गरिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.