सुनसरीमा निषेधाज्ञा पालना नभएपछि सेना परिचालन

चन्द्रागिरि नगरपालिकाले आगामी ७ गते बिहान ५ बजेसम्मका लागि नगरपालिका सिल गर्‍यो

सुनसरी– सुनसरीमा निषेधाज्ञालाई कडा बनाउन आजदेखि नेपाली सेनालाई परिचालन गरिएको छ ।

प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दा समेत निषेधाज्ञाको पालन नभएपछि जिल्ला सुरक्षा समतिको बैठकले नेपाली सेनालाई परिचालन गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । वैशाख ३१ गते सम्मगरिएको निषेधाज्ञामा सुनसरीको धरान, इटहरी र इनरुवा लगायतका शहरी क्षेत्रमा लकडाउन उंल्लघन गर्नेको सख्या निकै बढेको थियो ।

अब जिल्लाका मुख्य बजारहरु धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकामा नेपाली सेनाले दैनिक गस्ती गर्ने छ । यसैगरि बैठकले आजै देखि जेठ १५ गते सम्म मेडिकल बाहेकका सम्पूर्ण सेवा बन्दगर्ने निर्णय समेत गरेको छ ।

चन्द्रागिरिमा सिल

काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकाले आगामी ७ गते बिहान ५ बजेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न किराना मासु फलफुल तथा तरकारी पसल बन्द गर्ने जनाएको छ ।

सबै निजी र सरकारी कार्यालयहरु समेत बन्द गर्ने जनाएको नगरपालिकाले खानेपानी ढुवानीका धन दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादत दुधको ढुवानीका साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन दिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.